चैत २८, काठमाण्डौ।
इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्स खेल्दैछन् । यो खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे जयपुरमा शुरु हुनेछ । राजस्थान अङ्क तालिकामा शीर्ष स्थानमा छ ।
यसअघिका चार खेलमा अपराजित राजस्थानको ८ अङ्क छ । त्यस्तै गुजरात टाइटन्सले ५ खेल खेलेकोमा दुई जित र तीन हार ब्यहोरेको छ । चार अङ्क रहेको गुजरात सातौँ स्थानमा छ ।
आईपीएल क्रिकेटमा गएराति भएको खेलमा सनराईजर्स हैदराबादले पञ्जाव किंङग्सलाई २ रनले हरायो । हैदराबाद तालिकाको पाँचौँ र पञ्जाब छैठौँ स्थानमा रहेको छ ।