हामीसँग जोडिनुहोस

शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज २ खेल हुँदै

1 मिनेट

काठमाडौँ,२९ चैत।

शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज २ खेल हुँदैछ।

एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा खालीबारी युवा फुटबल क्लबले महावीरको सामना गर्नेछ। यो खेल दिनको १ बजेबाट शुरू हुनेछ। यसअघि आफ्नो पहिलो खेलमा खालीबारी पराजित भएको थियो भने महावीरले बराबरी खेल्दै १ अंक जोडेको थियो।

यस्तै, अर्को खेलमा समाज यूथ क्लबले सानेपा क्लबको सामना गर्नेछ। यसअघि आफ्नो पहिलो खेलमा सानेपा पराजित भएको थियो भने समाज पनि पराजित भएको थियो। आज दुवै टोली पहिलो जितको खोजीमा हुनेछन्।

यो खेल दिनको ४स्१५ बजेबाट शुरू हुनेछ। यसअघि बुधबार भएको खेलमा आरसी–३२ ले बागमती यूथ क्लबलाई ३(० ले पराजित गर्दै जारी लिगमा लगातार दोस्रो जित हासिल गरेको छ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।