हामीसँग जोडिनुहोस

गण्डकी प्रदेशमा सात वटा मन्त्रालय फुटाएर ९ वटा बनाउने निर्णय

1 मिनेट

चैत २९,काठमाडौ ।

गण्डकी प्रदेशमा सत्ता गठबन्धनका दलहरूलाई भाग पुर्‍याउनकै लागि मन्त्रालय फुटाएर सङ्ख्या बढाउने निर्णय भएको छ । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले सात वटा मन्त्रालय फुटाएर नौ वटा पुर्‍याउने निर्णय गर्नुभएको हो ।

आज बसेको मन्त्रिपरिषद्को बैठकमा मुख्यमन्त्री अधिकारीले मन्त्रालय फुटाउने प्रस्ताव गरेको र बैठकले प्रस्ताव पारित गरेको एक जना मन्त्रीले जानकारी दिएका छन् । गण्डकीमा यसअघि १२ वटा मन्त्रालय रहेकोमा २०७९ सालको पुस २५ गते मुख्यमन्त्री नियुक्त भएपछि अधिकारीले नै घटाएर सात वटा मन्त्रालय बताउनुभएको थियो । तर यस पटक भने आफ्नो सत्ता जोगाउन र गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० लाई सरकारमा ल्याएर बहुमत पुर्‍याउन अधिकारीले नै मन्त्रालयको सङ्ख्या सात वटाबाट नौ वटा पुर्‍याउन लाग्नुभएको हो ।

गण्डकीमा राप्रपाको समर्थनविना सत्तारूढ गठबन्धन र नेपाली कांग्रेस दुवैको सरकार बन्न नसक्ने अवस्था छ । राप्रपाले पनि सरकारलाई समर्थन गर्ने सम्भावना रहेको र उसका दुवै जना सांसदलाई मन्त्री बनाउन मन्त्रालयको सङ्ख्या बढाएको हुन सक्ने अनुमान छ ।

गण्डकीमा कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा ९माओवादी केन्द्र० को सभामुखसहित आठ, राप्रपाका दुई र स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङेसहित ६० जना सांसद छन् ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।