हामीसँग जोडिनुहोस

वैशाख १ गतेदेखि ठमेल र दरवारमार्ग २४ सै घन्टा खुल्ने

1 मिनेट

चैत २९,काठमाडौं ।

वैशाख १ गतेदेखि काठमाडौंको ठमेल र दरवारमार्ग क्षेत्रमा पूर्णकालीन २४ सैं घण्टा व्यवसाय सञ्चालन हुने भएको छ। ठमेल पर्यटन विकास परिषद् र दरवारमार्ग विकास बोर्डले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नयाँ वर्षदेखि ठमेल र दरवारमार्ग क्षेत्रमा पूर्णकालीन व्यवसाय सञ्चालन गर्ने जानकारी दिएका हुन्।

जिल्ला प्रशासन कार्यालयले बनाएको आचारसंहिता बमोजिम कानुनको परिधिभित्र रहेर व्यवसाय सञ्चालन गर्ने उनीहरूले जनाएका छन्। आर्थिक मन्दीको चपेटामा परेको व्यवसायलाई चलायमान बनाउन र शिथिल अवस्थामा रहेको आर्थिक क्रियाकलापलाई अघि बढाउन पूर्णकालीन व्यवसाय सुरु गर्न लागिएको र यसमा सरकारको धेरै साथ र सहयोग प्राप्त भएको उनीहरूको भनाइ छ। ठमेलको भगवान बहाल क्षेत्रभित्रका व्यवसायीहरूले भने पूर्णकालीन व्यवसाय सञ्चालन गर्न पाउने छैनन्।

ठमेल पर्यटन विकास परिषदका अध्यक्ष भविश्वर शर्माले पूर्णकालीन व्यवसायका कारण आर्थिक गतिविधि चलायमान हुने र थप रोजगारी सिर्जना हुने बताए।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।