हामीसँग जोडिनुहोस

ओमानमा आजदेखि एसिसी प्रिमियर कप सुरु हुने

1 मिनेट

३० चैत,काठमाडौं ।

ओमानमा आजदेखि एसिसी प्रिमियर कप सुरु हुने भएको छ।

साविक विजेता नेपाली टिमलाई उपाधि रक्षा गर्दै टी–ट्वेन्टी आई एसिया कपमा स्थान बनाउनु पर्ने चुनौती छ। आज पहिलो खेल मलेसियासँग खेल्नेछ। खेल नेपाली समय अनुसार दिउँसो सवा ४ बजे ओमानको टर्फ मैदान हुनेछ।

नेपालले वैशाख १ गते कतार, ३ गते हङकङ र ५ गते साउदी अरेबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। टी–ट्वेन्टी विश्वकपको तयारीका लागि नियमित अभ्यास गरिरहेको नेपाल एसीसी प्रिमियर कपको सशक्त दाबेदार हो।

अघिल्लो वर्ष घरेलु मैदानमै भएको एसीसी प्रिमियर कप जितेर पहिलोपटक एसिया कप खेलेको नेपालले भारत र पाकिस्तानजस्ता बलिया टोलीविरुद्ध प्रभावशाली प्रदर्शन गरेको थियो।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा बाँडिएको छ। नेपाल सम्मिलित समूह ‘ए’ मा हङकङ, मलेसिया, कतार र साउदी अरब छन्।

यो समूहमा हङकङले नेपाललाई केही चुनौती प्रस्तुत गर्न सक्छ। समूह ‘बी’मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र यूएई छन्। साउदी अरब र कम्बोडिया च्यालेन्जर्स कपको शीर्ष दुईमा रहँदै प्रिमियर कपका लागि छनोट भएका हुन्।

आजै ओमान र बहराइन तथा युएई र कुवेत भिड्नेछन्। हङकङ र कतारबीचको खेल पनि आजै हुनेछ। प्रतियोगिताको विजेता टोली सन् २०२५ को टी–ट्वेन्टी एसिया कपमा छनोट हुनेछ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।