हामीसँग जोडिनुहोस

 लुम्बिनी प्रदेशको मुख्यमन्त्री महराले विश्वासको मत लिँदै

1 मिनेट

३० चैत,काठमाडौं ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत लिँदैछन्।  शुक्रबार दिउँसो १ बजे प्रदेश सभामा उनले विश्वासको मत लिन लागेका हुन् ।

पाँच राजनीतिक दल र एक स्वतन्त्र सांसदको समर्थनमा बहुमत पुर्‍याएका माओवादी केन्द्र संसदीय दलका नेता महरालाई विश्वासको मत दिन साना दलले विभिन्न शर्त राखेका छन्। केन्द्रमा सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी, जसपाले मात्र नभई प्रदेशमा सहकार्य गरेको नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदले मन्त्री नपाउने भए विश्वासको मत दिन नसकिने शर्त राखेका छन्।

चार सांसद रहेको नाउपा, ३ सांसद रहेको जसपा, १ सांसद रहेको एकीकृत समाजवादी र स्वतन्त्रका सांसदको मत नपाए माओवादी र एमालेका सांसदले मात्र बहुमत पुग्दैन।

८७ सदस्यीय प्रदेश सभामा एमाले, जसपा, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रसहित ४८ जना सदस्यको समर्थनमा महरा यही चैत २३ गते लुम्बिनीको मुख्यमन्त्री नियुक्त भएका थिए।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।