काठमाडौं,३० चैत।
सरकारले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरेको हो।
‘कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा लामो समयदेखि छलफलमा थियो।
सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने भन्ने निर्णय भएको सरकारकी प्रवक्ता एवं संचार मन्त्री रेखा शर्माले जानकारी दिइन्।