हामीसँग जोडिनुहोस

भक्तपुरमा विस्केट जात्रामा आज लिङ्गो ढालिंदै

1 मिनेट

बैशाख १,काठमाण्डौ ।

भक्तपुरमा हरेक नयाँ वर्षमा परम्परागत रूपमा तान्त्रिकविधि अनुसार मनाइने बिस्काः अर्थात विस्केट जात्राको क्रममा आज लिङ्गो ढालिंदैछ । चैत मसान्तमा इन्द्रध्वजा सहितको लिङ्गो उठाउएर वैशाख १ गतेका दिन दिनभर भव्य जात्रा एवम् पूजा गरी बेलुका लिङ्गो ढाल्ने परम्परा छ ।

भेलुखेलमा जात्रा हेर्न भक्तपुर, काठमाण्डौ, ललितपुर, काभ्रे लगायतका क्षेत्रबाट दर्शनार्थीको आज बिहानैदेखि भीड लागेको छ । चैत मसान्तको दिन बेलुकी गःहिटीमा रहेको भैरवलाई विशेष पुजा गरेर गुुठी संस्थानद्वारा सरकारी पूजा गरेपछि भैरब र भद्रकालीको रथलाई भेलुखेल पुर्‍याउने बित्तिकै ५५ हातलामो ईन्द्रध्वजा सहितको लिङ्गो उभ्याउने परम्परा छ ।

आज यो जात्रा हेरेमा मनोकांक्षा पूरा हुने, शत्रु नाश हुने जनविश्वास रहेको छ । लिच्छवीकालदेखि विस्काः जात्राको चार दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर शुरु गरिने यो जात्रा भक्तपुरवासीले नौ दिन आठ रातसम्म मनाउने गर्दछन् ।

भेलुखेलमा ठड्याएको लिङ्गो आज ढालिन्छ भने हात नभएको लिङ्गो आउँदो वैशाख ५ गते ढालेपछि यस वर्षको भक्तपुरको विस्काः जात्रा सकिनेछ । त्यस्तै काठमाण्डौको टोखा, साँखुमा पनि विस्काः जात्रा चलिरहेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।