हामीसँग जोडिनुहोस

एसीसी प्रिमियर कप क्रिकेटमा यूएईको लगातार दोस्रो जीत

1 मिनेट

बैशाख १,काठमाण्डौ।

एसीसी प्रिमियर कप क्रिकेटमा आज यूएई र कुवेत विजयी भएका छन् । ओमानमा भएको खेलमा कुवेतले कम्बोडियालाई ८ विकेटले हरायो ।

कम्बोडियाले दिएको एक सय ४२ रनको लक्ष्य कुवेतले ११ ओभर दुई बलमा दुई विकेट गुमाएर भेटायो । कुवेत हिजो शुक्रवार भएको खेलमा यूएईसँग पराजित भएको थियो । कम्बोडिया भने आज पहिलो खेलमा पराजित भएको हो ।

आजै भएको अर्को खेलमा यूएईले बहराइनलाई ३७ रनले हराएको छ । यूएईले दिएको दुई सय ३७ रनको लक्ष्य पछ्याएको बहराइनले २० ओभरमा आठ विकेट गुमाएर एक सय ९९ रन बनायो । उसका इमरान अनवरले २२ बलमा ६० रन बनाए । यूएईका आयान अफजल खानले तीन विकेट लिए ।

पहिले ब्याटिङ गरेको यूएईका लागि आलिशान सफारुले ७८, आशिफ खानले ६६ र मोहम्मद वासिमले ६५ रन बनाएका थिए । बहराइनका इमरानले अनवरले तीन विकेट लिए ।

यूएईले हिजो कुवेतलाई हराएको थियो भने बहराइन आयोजक ओमानसँग पराजित गरेको थियो । लगातार दुई जितसहित यूएई समूह ‘बी’ को शीर्ष स्थानमा छ ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।