हामीसँग जोडिनुहोस

एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको दोश्रो जित, कतार ३२ रनले पराजित

1 मिनेट

बैशाख १, काठमाण्डौ ।

एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले दोश्रो जित हासिल गर्न सफल भएको छ । आज नेपलले कतारलाई ३२ रनले हराएको हो । नेपालले दिएको दुई सय ११ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा नौ विकेट गुमाएर एक सय ७८ रन मात्र बनाउन सक्यो ।

कतारका लागि महोम्मद तानवीरले ६३ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । नेपालका लागि ललित राजवंशी, गुल्सन झा र दिपेन्द्र सिंह ऐरीले सामान दुई विकेट लिए । यस्तै कुशल मल्ल र अविनाश बोहोराले सामान एक विकेट लिए ।

यसअघि दिपेन्द्र सिंह ऐरीको एकै ओभरमा छ छक्काको मद्यतमा एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले कतारलाई दुर्य सय ११ रनको लक्ष्य दिएको थियो । ओमानको अल अमिरातमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सात विकेट गुमाएर दुई सय १० रन बनाएको थियो ।

दिपेन्द्रले २० औं ओभरमा छ वटा छक्का प्रहार गर्दै २१ बलमा ६४ रन बनाए । यस्तै आशिफ शेषले ५२ र कुशल मल्लले ३५ रनको योगदान गरे । ओमानका हिमान्सु राथोड र मुसवार साहले सामान तीन विकेट लिए ।

यो जितसँगै नेपाल दुई खेलबाट चार अंक बटुल्दै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । अब नेपालले पर्सि सोमवार हङकङसँग र वैशाख ४ गते बुधवार समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्नेछ । लगातार दुई जितसहित यूएई समूह ‘बी’ को शीर्ष स्थानमा छ ।

एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् ।

यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स ९यूएई० छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।

अन्तिम अपडेटस् बैशाख १, २०८१

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।