काठमाडौं,२ वैशाख।
नेकपा एमालेले सचिवालय बैठक बस्दैछ।
बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो एक बजे बस्ने छ।
बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, वैशाख १५ मा हुने उपचुनाव लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने छ।
एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक वैशाख ८ र ९ गते गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्दैछ।बैठकमा महाधिवेशनमा सहभागी २ हजार १५३ जना प्रतिनिधि सहभागी हुनेछन्।
एमालेले वैशाख १० गते नेकपाको ७५ औं स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम पनि गर्दैछ।