
बैशाख २, काठमाण्डौ।

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेल कोलकत्ता नाइट राइडर्स र लखनउ सुपर जाइन्ट खेल्दैछन् । यो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे इडेन गार्डेनमा शुरु हुनेछ ।
कोलकत्ता ४ खेलमा तीन जितसहित तालिकाको दोस्रो स्थानमा छ । लखनउले ५ खेलमा तीन वटा जितेको छ । लखनउ तालिकाको चौथो स्थानमा छ । आजको दोस्रो खेलमा मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्स बेलुका पौने ८ बजे खेल्दैछन् । यो खेल मुम्बईको घरेलु मैदान वान्खडेमा हुनेछ । मुम्बई ५ खेलमा दुई जितसहित तालिकाको सातौँ स्थानमा छ । चेन्नई ५ खेलमा तीन जितसहित तालिकाको तेस्रो स्थानमा छ ।
गएराति भएको खेलमा पञ्जाबलाई हराएको राजस्थान रोयल्स ६ खेलमा ५ जितसहित तालिकाको शीर्ष स्थानमा छ । इण्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।
Related

अन्य समाचार
वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार






