हामीसँग जोडिनुहोस

इङ्ग्ल्यान्ड सी सँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोली घोषणा

1 मिनेट

बैशाख २, काठमाण्डौ ।

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले इङ्ग्ल्यान्डको ‘सी’ टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । मैत्रीपूर्ण फुटबलका लागि मुख्य प्रशिक्षक अल्बर्टो एनिसले २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका छन् ।

नेपाल र इङ्ग्ल्यान्डबीचको मैत्रीपूर्ण फुटबल आउँदो मे महिनामा इङ्ग्ल्यान्डमा हुने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले जनाएको छ ।

नेपाली टोलीको गोलकिपरमा अभिषेक बराल, विशाल सुनार, किरण चेम्जोङ र सन्तोष महत रहेका छन् । डिफेन्डरमा अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी र योगेश गुरुङ परेका छन् ।

यस्तै मिडफिल्डरमा भरत खवास, लेकेन लिम्बु, मनीकुमार लामा, मनिष डाँगी, उत्सव राई, फत्तेमान घले र रोहन कार्कीको नाम परेको छ । साथै फरवार्डमा अञ्जन विष्ट, दिनेश हेन्जन, जिलेस्पीजङ्ग कार्की, हिशुब थपलिया, समिर तामाङ, सञ्जीव विष्ट र राजेश परियार रहेका छन् ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।