हामीसँग जोडिनुहोस

बागमती प्रदेशमा ६७ करोड रुपैयाँका योजना थप

1 मिनेट

हेटौँडा,२ वैशाख।

बागमती प्रदेश सरकारले चालु आव ०८०र८१ का लागि ६७ करोड रुपैयाँ बराबरका योजना थपेको छ। प्रदेश सरकारले उक्त बजेटअन्तर्गत ४३७ वटा टुक्रे योजना थप गरेको हो।

भौतिक पूर्वाधार विकास कार्यालयले दिएको जानकारीअनुसार १६३ योजना १३ वटा कार्यालयबाट कार्यान्वयन गर्नेगरी ३२ करोडको योजना थप भएर आएको छ।

थप गरिएका योजना कुलो, मन्दिर, आर्यघाटदेखि सडक निर्माणसम्मका रहेका छन्। सबै योजना भौतिक पूर्वाधार विकास मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ, पर्यटन, उद्योग तथा सहकारी, सामाजिक विकास र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित छन्।भौतिकमा सडक स्तरोन्नति तथा निर्माण, भवन, कुलो, कल्भर्ट, मन्दिर, आर्यघाट निर्माण तथा मर्मतका लागि योजना थपिएका छन्।

खानेपानी, ऊर्जा तथा सिँचाइमा खानेपानीका योजना, तरकारी बजार व्यवस्थापन, पहिरो नियन्त्रण, ढल व्यवस्थापनका टुक्रे योजना छन्।

पर्यटन मन्त्रालयमा संस्कृति तथा पर्यटकीय क्षेत्रको सम्भाव्यता अध्ययन गर्ने, मन्दिर संरक्षणका कार्यक्रम, गुठी, पाटी, सत्तल, विहारका निर्माण तथा स्तरोन्नति, बालउद्यान निर्माण गर्नेलगायत योजना थप भएको समितिको प्रतिवेदनमा जनाइएको छ।

सामाजिक विकास मन्त्रालयमा वितरणमुखी बजेट थप भएका छन्। लक्षित वर्गका लागि तालिम, गोष्ठी, सेमिनार, जनचेतनामूलक कार्यक्रम समावेश छन्। साथै विद्यालय सभाहल, शौचालय निर्माण, साना खेलका पूर्वाधार, फर्निचर खरिदलगायत योजना पनि थपिएका छन्।वन तथा वातावरण मन्त्रालयको नदी नियन्त्रण तथा पर्खाल निर्माण, शिवपुरी जङ्गल सफारीका लागि पूर्वसम्भाव्यता अध्ययन गर्ने, रानीवनमा टुरिजम पार्क बनाउनेलगायत साना योजना समावेश छन्।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।