०२ वैशाख,काठमाडौँ ।
इरानले इजरायलमाथि गरेको आक्रमणप्रति नेपालले चिन्ता व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले आइबार एक विज्ञप्ति जारी गरी इरान–इजरायलबिचको युद्धबारे आफू गम्भीर रहेको बताएको हो ।
वार्ता र कूटनीतिको माध्यमबाट युद्धको समाधान खोज्न मन्त्रालयले आग्रह गरेको छ । यस्तै मन्त्रालयले सम्बन्धित पक्षलाई अधिकतम संयम अपनाउँदै वार्ता र कूटनीतिको माध्यमबाट शान्ति स्थापना गर्न आह्वान गरेको छ ।