हामीसँग जोडिनुहोस

राप्रपाको प्रदर्शनका क्रममा घाइते भएका एक नेताको मृत्यु

0 मिनेट

०३ वैशाख,काठमाडौँ ।

राप्रपाको चैत २७ गतेको प्रदर्शनका क्रममा घाइते भएका एक नेताको मृत्यु भएको छ ।

राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्ष ठाकुर प्रसाद डॅागीको उपचारका क्रममा सोमबार बिहान ४ बजे निधन भएको हो।
प्रदर्शनको क्रममा प्रहरीले हानेको अश्रुग्यास प्रहारबाट घाइते उनको टाउकोमा समेत समस्या देखिएको थियो ।

डॅागीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि मध्याह्न १२ बजेदेखि राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिने र त्यसपछि अन्तिम संस्कारका लागि बर्दिया नै लगिनेछ।

चैत २७ गते राप्रपाले संवैधानिक राजतन्त्रका पुनर्स्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै राजधानीको भद्रगालीमा प्रदर्शन गरेको थियो ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।