हामीसँग जोडिनुहोस

१४ लाख बालबालिकालाई पोलियोविरुद्ध आईपीभी खोप लगाइँदै

1 मिनेट

काठमाडौँ,बैशाख ३।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चालु आर्थिक वर्षको असार मसान्तभित्रै १४ लाखभन्दा बढी बालबालिकालाई इनएक्टिभेटेड पोलियो भ्याक्सिन आईपीभी लगाउन अर्को बृहत् खोप अभियान संचालन गर्ने भएको छ।

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले असार मसान्तसम्ममा देशभरिका १४ लाखभन्दा बढी बालबालिकालाई एकै पटक इनएक्टिभेटेड पोलियो ९आईपिभी० भ्याक्सिन दिने भएको परिवार कल्याण महाशाखाका प्रमुख डा विवेकलाल कर्णले बताए।

नेपालमा सन् २०१४ मा यो भ्याक्सिन लगाउन शुरु गरिएको थियो तर विश्व बजारमा यो आईपीभी भ्याक्सिनको अभावले नेपालमा निरन्तरता पाएको थिएन।

सन् २०१४ मै शुरु गरे पनि सन् २०१६ देखि सन् २०१८ को मध्यसम्म विश्वव्यापी अभावका कारण भ्याक्सिन लगाउन रोकिएको थियो। यसपटक भने विश्व बजारमा यो खोप उपलब्ध हुन थालेपछि यसअघि लगाउन छुटेका बालबालिकालाई यो खोप लगाउने तयारी गरिएको हो।

यो खोप पनि ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इम्युनाइजेशन ९गाभी०को सहयोगमा आउने बताइएको छ। यसअघि पनि यो खोप गाभीकै सहयोगमा आएर लगाइएको थियो।

तर अन्तरराष्ट्रिय बजारमै खोपको अभाव भएको भन्दै पठाउन छाडेपछि यो खोप सन् २०१६ देखि नै बन्द भएको थियो।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।