हामीसँग जोडिनुहोस

काठमाडौंको विभिन्न क्षेत्रमा आजदेखि विद्युत अवरुद्ध हुने

1 मिनेट

काठमाडौं,५ वैशाख ।

काठमाडौंको बालाजुलगायत विभिन्न क्षेत्रमा बुधबार बिहान ८ देखि दिउँसो २ बजेसम्म विद्युत अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाका स्युचाटारदेखि बालाजु सब स्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो कन्डक्टर तारलाई नयाँ कन्डक्टरले बदली गरी मर्मत कार्य गर्न लागिएको हुँदा शनिबारसम्म बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत अवरुद्ध हुने भएको हो।

सीतापाइला फिडर, कुलेश्वर वितरण केन्द्र, इचङ्गु फिडर, बालाजु वितरण केन्द्र क्षेत्रका सोल्टी दोबाटो, मुसलमान टोलमा विद्युत कटौती हुने प्राधिकरणले एक सूचना जारी गर्दै जानकारी दिएको छ।

यस्तैगरी, ज्योति एकेडेमी, कारखाना चोक र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक क्षेत्र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक, सानो भन्याङ, ठुलो भर्याङ, कामना स्कूल र अन्नपूर्ण चोक क्षेत्र ढुंगेधारा, क्लब घर र बालाजु सब स्टेसन पछाडिको तरकारी बजारमा विद्युत अवरुद्ध हुनेछ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।