०५ वैशाख,काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले भेटवार्ता गरेका छन् । बुधबार बिहान बालुवाटार पुगेर मुख्यमन्त्री अधिकारीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता र विकास निर्माणबारे छलफल गरेका हुन् ।
मुख्यमन्त्री अधिकारीले प्रधानमन्त्रीसँग भएको भेटको तस्बिर सार्वजनिक गर्दै प्रदेशका विकासबारे छलफल भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् ।
गण्डकी प्रदेश मन्त्रिपरिषद्ले प्रदेश प्रमुख डिल्लीराज भट्टलाई विशेष अधिवेशन डाक्न सिफारिस गरेपछि मुख्यमन्त्री अधिकारी प्रधानमन्त्री भेट्न पुगेका हुन् ।