हामीसँग जोडिनुहोस

विराटनगरमा दुई समुदायबीच झडप, ५ प्रहरी घाइते

1 मिनेट

०५ वैशाख,विराटनगर ।

दुई पक्षको विवादले विराटनगर–१५ स्थित रानीमा तनाव सिर्जना भएको छ । प्रहरीका अनुसार एक समूहले निकालेको र्‍यालीलाई अर्को समूहले अवरोधको प्रयास गरेको थियो ।

अवरोधपछि तनाव सिर्जना भएको जनाएको छ । भीड नियन्त्रणका लागि प्रहरीले केही सेल अश्रुग्यास तथा हवाई फायर गरेको छ ।

झडपमा ५ जना प्रहरी घाइते भएका छन्। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाट्ठी चार्ज गरेको छ। प्रहरीका अनुसार हवाई फायर र अश्रुग्याससमेत प्रहार गरिएको छ। अवस्था अहिले पनि तनावपूर्ण छ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको बताए। स्थानीय प्रशासनले संयमता अपनाउन सबैमा आग्रह गरेको छ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।