५ वैशाख,काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्याएको छ । एकीकृत समाजवादीको बुधबार बसेको सचिवालय बैठकले महाधिवेशन सार्ने निर्णय गरेको हो ।
यसअघि महाधिवेशन जेठ ३ देखि ७ गतेसम्म हुने भनिएकामा आन्तरिक तयारी नपुगेकाले असारमा पुर्याएको हो ।
एकीकृत समाजवादीले जिल्ला कमिटी र केन्द्रको विश्लेषणका आधारमा महाधिवेशन मिति केही दिन पछि सारेको जनाएको छ ।