हामीसँग जोडिनुहोस

ललितपुरको सातदोबाटो–बालकुमारी सडक आजदेखि ६ घण्टा बन्द हुने

1 मिनेट

बैशाख ६,काठमाण्डौ ।

ललितपुरको सातदोबाटो–बालकुमारी सडक खण्ड आजदेखि ६ दिनसम्म रातको समयमा बन्द हुने भएको छ । ग्वार्को फ्लाइओभर निर्माणका लागि आजदेखि आउँदो मङ्गलवारसम्म रातमा सडक बन्द गर्न लागिएको हो । राति १० बजेदेखि बिहान ४ बजेसम्म ६ घण्टा सडक पूर्णरूपमा बन्द गरेर निर्माणको काम हुनेछ ।

२०७८ माघमा सडक विभागले दुई वर्षमा काम सक्ने गरी आरसी समानान्तर जेभीसँग निर्माणको सम्झौता गरेको थियो । तर काममा ढिलाई भैरहेको छ । ग्वार्कोमा फ्लाईओभर निर्माणमा भइरहेको ढिलासुस्तीलाई लिएर केही दिनअघि स्थानीयवासीले निर्माण कम्पनीको ध्यानाकर्षणसमेत गराएका थिए ।

उनीहरूले आउँदो जेठ मसान्तसम्म काम सक्न ध्यानाकर्षण गराएका छन् । डिजाइन नै गलत भएको भन्दै गएको असारमा रोकिएको काम नयाँ डिजाइन तयार गरेर मङ्सिरदेखि फेरि शुरु भएको थियो ।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।