हामीसँग जोडिनुहोस

जीवन चलाउने विरुद्ध डिफ्युजन नोटिस जारी

0 मिनेट

०६ वैशाख,काठमाडौँ ।

६० किलो सुनमा जोडिएका जीवन चलाउनेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’ बाट डिफ्युजन जारी गरिएको छ । सुन तस्करी मुद्दामा उनी फरार अभियुक्त हुन् ।

अछामको तुर्माखात गाउँपालिका घर भएका चलाउने विरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भएको छ ।

चलाउने तिब्बतीयन मुलका बेल्जियन नागरिक दावा छिरिङसँग निकट मानिन्छन् । दावासँग ‘कनेक्सन’ देखिएपछि जीवन चलाउनेलाई प्रहरीले महाराजगन्जस्थित केन्द्रीय अनुसन्धान ब्युरोको कार्यालयमा अनुसन्धानको लागि बोलाएको थियो ।

ब्युरोकी तत्कालीन प्रमुख किरण बज्राचार्यको निर्देशनमा छुटेका चलाउनेले गरेको ‘बयान कागज’ नै सीआईबीका अधिकृहरुले गायब बनाएको सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।