हामीसँग जोडिनुहोस

काभ्रेको नमोबुद्ध नगरपालिकामा बस र सुमो ठोकिँदा ७ जना घाइते

1 मिनेट

बैशाख ६,काभ्रे।

बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका २, बेलामा आज बिहान बस र सुमो ठोकिँदा ७ जना घाइते भएका छन्।

प्रहरीका अनुसार भकुण्डेबाट धुलिखेल आउँदै गरेको बा ३ ख ८१५५ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना १ ज ४३७७ नम्बरको सुमो आज बिहान साढे ११ बजेतिर आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा घाइते चालकसहित ७ जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।

प्रहरीका अनुसार दुर्घटनामा महोत्तरी बर्दिबास बस्ने वर्ष ५२ की रासुदेवी महरा ९ओठमा चोट, अवस्था बेहोस०, महोत्तरी बर्दिबास बस्ने वर्ष ४८ की सुमीन्द्र देवी ९बाहिरी चोट नभएको बेहोस०, महोतरी ३ बस्ने ३९ की दुर्गा बराइली ९ निधार, गाला, आँखामा चोट, अवस्था गम्भीर०, सर्लाहीको लालबन्दी बस्ने वर्ष ३५ की सबिना थपलिया ९टाउको, गालामा चोट, अवस्था बेहोस०, सर्लाही लालबन्दी बस्ने सविना थपलियाकी छोरी वर्ष ८ की सन्हया थपलिया ९नाक, मुखमा चोट, अवस्था मध्यम०, महोत्तरी ३ बस्ने वर्ष ३४ का सुमन विक ९देब्रे खुट्टामा चोट, अवस्था मध्यम० र चालक धनुषाको यज्ञभूमि नगरपालिका ८ बस्ने वर्ष ५५ का विशेश्वर बुर्गामगर ९दाहिने हात, पेटमा चोट, अवस्था मध्यम० घाइते भएका हुन्।

घाइते सबै सुमोमा सवारहरू हुन्। उपचारका लागि उनीहरूलाई धुलिखेल अस्पताल पठाइएको र बसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।