हामीसँग जोडिनुहोस

प्रधानमन्त्री प्रचण्डसँग विपिन जोशीका परिवारको भेट

1 मिनेट

काठमाडौं, बैशाख ७।

हमासको कब्जामा रहेका विपिन जोशीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुबाआमासहित परिवारका सदस्यले भेट गरेका हुन्।

भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप प्रयासका लागि अनुरोध गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

जवाफमा प्रधानमन्त्री दाहालले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र त्यसका निम्ति निरन्तर पहल गरिरहेको बताउँदै चाँडै सकारात्मक परिणाम आउनेमा आशावादी रहेको उल्लेख गरे।

गत असोज २० गते हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने जोशीलाई हमासले बन्धक बनाएको इजरायली सेनाले बताउँदै आएको छ।

त्यसपछि इजरायलले गाजापट्टीमा जारी राखेको सैन्य कारबाहीमा २२ हजारभन्दा धेरैको ज्यान गएको तथा ५७ हजार घाइते भएका छन्। त्यसले मध्यपूर्वमा तनाव बढेको छ।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।