हामीसँग जोडिनुहोस

चालु वर्षको चैत महिनामा ७१ हजार जनाले श्रम स्वीकृति लिए

1 मिनेट

बैशाख ७, काठमाण्डौ ।

चालु आर्थिक वर्षको चैत महिनामा ७० हजार ९३३ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन् । यसमध्ये ६४ हजार २४१ जना पुरुष र ६ हजार ६९२ महिला रहेका वैदेशिक रोजगार विभागले जनाएको छ । विभागकाअनुसार श्रम स्वीकृति लिनेमध्ये १३ हजार ३७३ जना अदक्ष अर्थात सीप नभएका छन् ।

यस्तै ५१ हजार ३२८ जना सीप भएका, ५ हजार ६८४ जना अर्धदक्ष, ४८२ जना प्रोफ्रेशनल र ६६ जना उच्च दक्ष भएका श्रमिकले श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्षको साउनमा ५५ हजार ५७५ जनाले श्रम स्वीकृति लिएका थिए । यस्तै भदौमा ५० हजार ८८४ जना, असोजमा ५६ हजार २३५ जना, कात्तिकमा ४३ हजार ६२२ जना, मंसिरमा ७१ हजार २७६ जना, पुसमा ६५ हजार ८१३ जना, माघमा ६२ हजार १४७ जना र फागुनमा ६५ हजार ६५८ जनाले श्रम स्वीकृति लिएर विदेशिएका थिए ।

पछिल्लो वर्ष नेपाली युवाहरुको आकर्षक गन्तव्य यूएई बनेको छ । चैतमा मात्रै १७ हजार ८१८ जना नेपाली यूएई पुगेका छन् । यसैगरी चैतमा साउदी अरेबियामा १३ हजार ६४१ जना, कतारमा ११ हजार २०४ जना, मलेसियामा १२ हजार ६०२ जना, कुवेतमा ४ हजार ७६ जना र बहराइनमा ९ सय ६४ जना पुगेका छन् ।

रोमनियामा २२ सय ९९ जना, क्रोएसियामा ९६० जना, साइप्रसमा ७८१ जना, जापानमा १३ सय ५१ जना, माल्दिभ्समा ४९३ जना, मौरिससमा ६२० जना र दक्षिण कोरियामा ६५७ जना रोजगारीका लागि गएका छन् ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।