हामीसँग जोडिनुहोस

जसपाबाट समानुपातिक सांसद बनेकी हसिना खानद्वारा शपथ ग्रहण

0 मिनेट

बैशाख ७,  काठमाण्डौ ।

जनता समाजवादी पार्टी जसपाबाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

सभामुख देवराज घिमिरेले आज खानलाई प्रतिनिधि सभा सदस्यको शपथ गराउनुभएको हो । सांसद मञ्जु शर्मा अन्सारीको गएको चैत ४ गते निधन भएपछि जसपाले रिक्त पदमा खानको नाम सिफारिस गरेको थियो ।

यसअघि जसपाबाट समानुपातिक सांसद बनेकी शहनाज रहमानको २०७९ सालको फागुन १३ गते निधन भएपछि रिक्त रहेको पदमा मञ्जु शर्मा सांसद मनोनीत हुनुभएको थियो ।

 

naikap mahotsab

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।