हामीसँग जोडिनुहोस

एमालेको प्रतिनिधि परिषद् बैठकमा २ हजार ५ सय जना सहभागी हुने

1 मिनेट

बैशाख ७, काठमाण्डौ।

नेकपा एमालेको भोलि र पर्सि हुने प्रतिनिधि परिषद् बैठकमा झन्डै साढे दुई हजार जना सहभागी हुने भएका छन् । पहिलो पटक गर्न लागेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य, केन्द्रीय कमिटी, आयोजकलगायत गरी दुई हजार चार सय ५४ जना सहभागी हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले साङ्गठानिक प्रतिवेदन प्रस्तुत गर्ने आज आयोजित पत्रकार सम्मेलनमा गौतमले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का तर्फबाट प्रतिवेदन पनि प्रस्तुत हुनेछन् ।

राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक वैधानिक हिसाबले सबैभन्दा ठूलो औपचारिक फोरम रहेको एमालेले जनाएको छ । यस्तै एमालेले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ औँ वर्षका उपलक्ष्यमा यही वैशाख १० गते हीरक महोत्सव आयोजना गर्ने जनाएको छ ।

महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत विभिन्न राजनीतिक दलका प्रमुख नेताहरूले सम्बोधन गर्ने एमालेले जनाएको छ ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।