हामीसँग जोडिनुहोस

एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो स्थानका लागि नेपालले आज हङकङसँग खेल्दै

0 मिनेट

बैशाख ८, काठमाण्डौ ।

एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो स्थानका लागि आज नेपालले हङकङसँग खेल्दैछ । खेल ओमानको अल अमिरातमा दिउँसो सवा ४ बजे शुरु हुनेछ । प्रिमियर कपमा तेस्रो हुने टोलीले फाइनलमा पुगेका दुई टोलीसहित आउँदो इमर्जिङ टिम्स एसिया कप खेल्नेछ । इमर्जिङ टिम्स एसिया कपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तानको ‘ए’ टोली रहनेछन् ।

हिजो भएको पहिलो सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भयो । त्यस्तै हिजो नै भएको दोस्रो सेमिफाइनलमा ओमानले हङकङलाई ५ विकेटले हरायो । उपाधिका लागि भोलि यूएई र ओमान खेल्नेछन् । यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्नेछ ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।