हामीसँग जोडिनुहोस

लागुऔषधसहित दोलखाका श्रेष्ठ पक्राउ

0 मिनेट

काठमाडौँ,८ वैशाख ।

काठमाडौँ महानगरपालिका–३ नारायणगोपाल चोकबाट नियन्त्रित लागुऔषधसहित आज एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

नियन्त्रित लागुऔषध प्रोमेथाजाइन ३७ एम्पुल, डाइजेपाम ३४ एम्पुल र बुप्रेनोर्फिन ३३ एम्पुलसहित दोलखा मेलुङ गाउँपालिका–४ घर भई काठमाडौँ जोरपाटी बस्ने ३१ वर्षीय सरोज श्रेष्ठलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको हो।

उक्त स्थानमा खटिएको प्रहरीले बा २२ प ५२४८ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

naikap mahotsab

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।