हामीसँग जोडिनुहोस

देशभर बढ्दो गर्मी,दैनिक ज्यालादारीमा काम गर्नेहरु बढी प्रभावित

1 मिनेट

९ वैशाख, काठमाडौं ।

गर्मीका कारण दैनिक ज्यालादारीमा काम गर्नेहरु बढी प्रभावित भएका छन् ।
पछिल्लो केही दिनयता देशभर गर्मी बढ्दै गएको छ । तराई मधेशका जिल्लाहरुमा टन्टलापुर घाम लाग्ने र तातो हावा चल्ने भइरहेको छ ।

खासगरी नेपालगञ्ज, दाङ, भैरहवा, नवलपुर, चितवन लगायतका जिल्लाहरुमा गर्मी अत्यधिक महसुस हुन थालेको छ । बढ्दो गर्मीले जनजीवन प्रभावित समेत भएको छ ।

गत चौबिस घण्टामा रुपन्देहीको भैरहवामा सबैभन्दा धेरै गर्मी महसुस भएको छ । भैरहवाको अधिकतम तापक्रम ४३।६ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अघिल्लो दिन भैरहवाको अधिकतम तापक्रम ४१।९ डिग्री सेल्सियस थियो ।

यसैगरी शनिबार धनगढीमा ४०।६ र नेपालगञ्जमा ४०।७ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन भएको छ ।

तत्काल देशभर ठूलो पानी पर्ने सम्भावना पनि छैन । तर थोरै स्थानहरुमा हावाहुरी र मेघगर्जनसहित हल्का पानी भने पर्ने गरेको छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको प्रक्षेपण गरेको छ ।

मधेस र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।