हामीसँग जोडिनुहोस

मार्च र अप्रिल महिनामा हिमाल आरोहण बापत ५६ करोड ४० लाख रोयल्टी

1 मिनेट

९ वैशाख,काठमाडौँ ।

हिउँदे सिजनको मार्च र अप्रिलको करिब डेढ महिनामा हिमाल आरोहण बापत सरकारले ५६ करोड ४० लाख रुपैयाँ माथि रोयल्टी उठाएको छ । पर्यटन विभागका अनुसार २०२४ को मार्च १ देखि अप्रिल १९ सम्ममा विभिन्न २४ वटा हिमाल आरोहण स्वीकृति बापत सरकारले ४२ लाख ३७ हजार अमेरिकी डलर अर्थात् ५६ करोड ४० लाख ३१ हजार १८१ रुपैयाँ रोयल्टी उठाइएको हो ।

यस अवधिमा ५,९२२ मिटर अग्लो ‘जुगल ५’ देखि ८८४८।८६ मिटर अग्लो सर्वोच्च शिखर सगरमाथा सम्मका २४ वटा हिमाल आरोहणका लागि अनुमति प्रदान गरिएको छ ।नेपालीसहित विभिन्न ८१ समूहमा आएका ७४९ जना आरोहीलाई हिमाल आरोहणको स्वीकृति प्रदान गरिएको विभागले जनाएको छ । जसमध्ये ५९१ जना पुरुष र १५८ जना महिला आरोही रहेका छन् ।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।