हामीसँग जोडिनुहोस

लेखापरीक्षण नगर्ने र सार्वजनिक नगर्ने २१ दललाई निर्वाचन आयोगको स्पष्टीकरण

1 मिनेट

०९ वैशाख,काठमाडौँ ।

निर्वाचन आयोगले समयमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न २१ राजनीतिक दलहरूलाई दलहरूलाई स्पष्टीकरण सोधेको छ । साथै ७ दिनभित्र लेखापरिक्षण बुझाउन र सार्वजनिक गर्न निर्देशन समेत दिएको छ ।

आयोगको आइतबार बसेको बैठकले लेखापरीक्षण नगर्ने र सार्वजनिक नगर्ने ती दलहरूलाई निर्देशन दिएको हो । आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूमध्ये आर्थिक वर्ष २०७९–८० को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयावधि ८२ राजनीतिक दलले पेस गरेका थिए ।

यी मध्ये लेखापरीक्षण प्रतिवेदन सार्वजनिक नगर्ने बिस राजनीतिक दल र समय व्यतीत भएपश्चात् लेखापरीक्षण प्रतिवेदन पेस गर्ने १३ राजनीतिक दल मध्ये लेखापरीक्षण प्रतिवेदन सार्वजनिक नगर्ने १ राजनीतिक दल गरी २१ वटा राजनीतिक दलले लेखापरीक्षण प्रतिवेदन सम्बन्धित दलको कार्यालय वा वेबसाइट, आमसञ्चार माध्यम, सामाजिक सञ्जालका माध्यमबाट ७ दिनभित्र सार्वजनिक गरी सार्वजनिक गरेको जानकारी विवरण आयोगमा पेस गर्न निर्देशन दिएको छ ।

आयोगले आर्थिक वर्ष २०७९–८० को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयावधिभित्र बुझाउने तर लेखापरीक्षण प्रतिवेदन सार्वजनिक नगर्ने राजनीतिक दलहरूको नामावली पनि सार्वजनिक गरेको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।