हामीसँग जोडिनुहोस

राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न ७७ वटै जिल्लालाई परिपत्र

1 मिनेट

 वैशाख ९,काठमाडौं ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलमा आवद्ध शिक्षकलाई तत्काल कारबाही गर्न शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले दलमा आबद्ध शिक्षकलाई कारबाही गर्ने निर्णय गरेसँगै केन्द्रले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई कारबाहीका लागि केन्द्रले परिपत्र गरेको हो ।

केन्द्रले आवश्यक सहयोग र सहजीकरणका लागि ७५३ वटै स्थानीयलाई अनुरोध गरेको विभागका महानिर्देशक दिपक शर्माले जानकारी दिए ।

शिक्षक राजनीतिक दलमा आवद्द भएर पढाई भन्दा बढी राजनीतिक गरिरहेको भन्दै थप उजुरी निवेदनसमेत मन्त्रालयमा परेकाले यसको निरन्तर कारवाही गर्ने भन्दै बैशाख चार गते शिक्षामन्त्री श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गरेको जानकारी गराउदैँ केन्द्रले उक्त निर्णय कार्यान्व्यन गराउन परिपत्रमार्फत निर्देशन दिएको छ ।

राजनीति दलमा संलग्न शिक्षक, कर्मचारीलाई शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली २०५९ को प्रावधानसँगै उच्च अदालत पाटनको निर्णय र राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १४ र दफा ५७ तथा शिक्षा ऐन, २०२८ को दफा १६ ङ को उपदफा पाँच को खण्ड छ मा रहेको कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नु गराउनु भनी विपक्षीका नाममा परमादेशको आदेश जारी हुने ठहर्छ भनी भएको आदीसमेतको आधारमा पदमा हटाई त्यसको जानकारी मन्त्रालयमा गराउनु परिपत्रमा भनिएको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।