
१० वैशाख,काठमाडौं ।
मन्त्रिपरिषद्को बैठक सोमबार बस्ने तय भएको छ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्ने गरी तय भएको हो ।
बैठकमा मंगलबारबाट हुने कतारका राजा अमिरको नेपाल भ्रमणका बारेमा छलफल गरिने मुख्य एजेण्डा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबारदेखि दुई दिने नेपाल भ्रमणमा आउँदै छन् ।
बैठकले सङ्घीय संसद्को बजेट अधिवेशन आह्वानका लागि समेत सिफारिस गर्ने जनाइएको छ ।