हामीसँग जोडिनुहोस

नेपाल शिक्षक महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै

0 मिनेट

काठमाडौं,१० वैशाख।

नेपाल शिक्षक महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै छ। महाधिवेशनबारे सहमति हुन नसकेपछि महासंघको एक मुख्य घटक नेपाल राष्ट्रिय शिक्षक संगठनले भने भाग नलिने भएको छ।

महासंघको विधानविपरीत एकपक्षीय ढंगले जिल्ला समितिहरू घोषणा गरिएकाले महाधिवेशन रोक्न आफूहरूले राष्ट्रिय समितिको बैठकमा राखेको प्रस्ताव स्वीकार नगरिएको भन्दै संगठनले महाधिवेशनमा भाग नलिने घोषणा गरेको हो ।

महासंघको सदस्यता नवीकरण, विद्यालयमा नयाँ नियुक्त भएका शिक्षक, प्राविधिक धारका शिक्षक सदस्यताबाट वञ्चित भएका, लोकतान्त्रिक विधिलाई निषेध गरिएको संगठनका महासचिव हंसबहादुर शाहीले आरोप लगाए।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।