हामीसँग जोडिनुहोस

अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी मधु मरासिनीलाई

0 मिनेट

बैशाख १०, काठमाण्डौ ।

सरकारले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई सरुवा गरेको छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ सचिवको जिम्मेवारी मधु मरासिनीलाई दिने निर्णय गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पेमेन्ट गेटवेु खरिद अनियमितता प्रकरणमा मरासिनीलाई पनि विपक्षी बनाएर मुद्दा दायर गरेसँगै मरासिनी निलम्बनमा पर्नुभएको थियो । विशेष अदालतले यो मुद्दामा मरासिनीलाई सफाइ दिएपछि अर्थ सचिवको जिम्मेवारी दिइएको हो ।

योसँगै अहिले अर्थ सचिव रहेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।