१० वैशाख,काठमाडौँ ।
सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली संशोधन गर्ने भएको छ । सोमबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले सो प्रस्ताव पारित गरेको हो ।
गृह मन्त्रालयको प्रस्तावमा विपद्बाट क्षति भएका तथा जोखिमा रहेका निजी आवास प्रवलीकरण, पुनस्र्थापना तथा पुनर्निर्माण गर्न तीन तहको सहलगानी हुन सक्ने गरी सो नियमावली संशोधन गर्ने निर्णय गरिएको नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
त्यसैगरी बैठकले सांस्कृतिक संस्थानको संचालक पदमा काठमाडौंकी पूजा श्रेष्ठलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ । मन्त्री शर्माले संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयको प्रस्तावमा श्रेष्ठलाई ४ वर्षका लागि सो संस्थानको रिक्त रहेको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय भएको जानकारी दिइन् ।
त्यसैगरी मन्त्रिपरिषद् बैठकले २०८१ वैशाख १५ र १६ गते काठमाडौंमा हुने नेपाल–चीनको तिब्बत व्यापार सहजीकरण समितिको १२ औं बैठकको पारित छलफलको कार्यसूची स्वीकृत गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा सो टोलीसँग छलफल गर्ने गरी वार्ता टोली समेत गठन गरिएको पनि मन्त्री शर्माले बताइन् ।
।