हामीसँग जोडिनुहोस

लगानी बोर्डद्वारा ह्वासिन सिमेन्टको लागि ६ अर्ब ६३ करोड ४० लाख थप लगानी स्वीकृत

1 मिनेट

११ वैशाख,काठमाडौँ ।

नेपाल लगानी बोर्डको बैठकले ह्वासिन नारायणी सिमेन्ट परियोजनाको लागि ६ अर्ब ६३ करोड ४० लाख रुपैयाँ थप लगानी स्वीकृत गरेको छ ।

मंगलबार बसेको बोर्डको ५८ औँ बैठकले डाबर नेपाल प्रालिको विस्तृत परियोजना प्रतिवेदन जानकारीमा लिई लगानी सम्झौता वार्ता अगाडि बढाउन बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।

डाबर नेपालले क्षमता विस्तार तथा उत्पादन विविधीकरणका लागि ९ अर्ब ६८ करोड रुपैयाँ पुनर्लगानीका लागि प्रस्ताव गरे अनुसार सो परियोजनाको स्वीकृत परियोजना प्रतिवेदन बोर्डले मूल्याङ्कन गरेपछि वार्ता प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ ।

बैठकले आसन्न लगानी सम्मेलन सम्बद्ध परियोजना र प्रवर्द्धनात्मक सामग्री पनि स्वीकृत गरेको छ ।

बैठकमा भट्टले अघिल्लो बोर्ड बैठकका निर्णय कार्यान्वयन अवस्था र बोर्डका रणनीतिक स्तम्भ अनुसार भइरहेका गतिविधि र आगामी लगानी सम्मेलनको सबै तयारी पूरा भएको जानकारी गराए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक भएको थियो ।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।