१२ वैशाख,एजेन्सी।
अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा डुंगा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको मृत्यु भएको छ। २८ जना बेपत्ता भएको संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन ९आईओएम० ले जनाएको छ।
इथियोपियाली आप्रवासी बोकेको अर्को डुंगा जिबुटीको तटीय क्षेत्रमा डुबेको हो। ‘जिबुटी तटमा बालबालिकासहित ७७ जना आप्रवासी सवार डुंगा दुर्घटना भएको छ’, आईओएमले जनाएको छ।
जिबुटीको उत्तरपूर्वमा पर्ने गोडोरियाको तटमा अप्रिल ८ मा ६० भन्दा बढी यात्रु बोकेको अर्को डुंगाडुबेको आईओएम र जिबुटीस्थित इथियोपियाली दूतावासले जनाएको छ। घटनामा बालबालिकासहित ४४ आप्रवासीको मृत्यु भएको थियो।