हामीसँग जोडिनुहोस

काठमाडौं महानगरका २७ विद्यालयलाई कक्षा र विषय थप्‍ने अनुमति

2 मिनेट

काठमाडौं,१२ वैशाख।

काठमाडौं महानगरपालिकाले २७ वटा विद्यालयलाई कक्षा र विषय थप गर्न अनुमति दिने निर्णय गरेको छ। महानगर प्रमुख बालेन्द्र शाह ९बालेन०को अध्यक्षतामा बसेको शिक्षा समिति बैठकले उक्त निर्णय गरेको शिक्षा विभागले जनाएको छ।

महानगरपालिकाको शिक्षा विभागका अनुसार सम्बन्धित क्षेत्रका विद्यालय निरीक्षक, स्रोत शिक्षक र महानगरपालिकाको सहरी योजना आयोगले गरेको स्थलगत अनुगमनबाट प्राप्त सिफारिसका आधारमा कक्षा थप गर्न अनुमति दिएको हो। यसका लागि ४१ वटा निवेदन आएका थिए।

यीमध्ये ७ वटालाई अनुमति नदिने, नाम परिवर्तनको निवेदन प्राप्त भए थप ४ वटालाई अनुमति दिने निर्णय भएको छ। धार्मिक विद्यालय दर्ताका सम्बन्धमा नेत्रनारायण पौडेलको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ। कानुन विभागको अधिकृत स्तरको प्रतिनिधि र सम्बन्धित क्षेत्रको विद्यालय निरीक्षकलाई समितिको सदस्य राखिएको छ।

यस्तै, बैठकले नामसारीका लागि आएका ४ वटा निवेदनमध्ये २ वटालाई अनुमति नदिने, २ वटाले नाम परिवर्तनका लागि निवेदन दिए अनुमति दिने निर्णय गरेको छ।

स्थान परिवर्तनका लागि आएका ७ वटा निवेदनमाथि छलफल गर्दै, नाम परिवर्तनको निवेदन दिएमा ४ वटालाई अनुमति दिने निर्णय भएको छ।

महानगरपालिकाका अनुसार एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा उल्लेख भएको तर उल्लेख गरिएको ठाउँमा विद्यालय नभएकोले वडा १० थापागाउँको डेनेव एकेडेमीलाई अनुमति दिइएन।

यस्तै, ठेगाना दिएको स्थान, महानगरपालिका वडा १० बानेश्वरमा नभएकोले काठमाडौँ मेरिगोल्ड स्कुलले पनि अनुमति पाएन। वडा ३१ स्थित भी। एस। निकेतन सेकेण्डरी स्कुलले वडा ३२ को सुविधानगरमा स्थान सर्ने अनुमति पाएको छ।

स्वामित्व परिवर्तनका आएका ४ वटा निवेदनमाथि बैठकले छलफल गरेको थियो। यीमध्ये वडा ३ बसुन्धराको ज्येष्ठ स्कुलको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा रेकर्ड देखिएन। नाम परिवर्तनका लागि निवेदन दिएमा निवेदकमध्येका २ वटा विद्यालयलाई अनुमति दिने निर्णय भएको छ। स्थान परिवर्तनसँगै स्वामित्व परिवर्तनको निवेदन दिएको वडा १० को काठमाडौं मेरिगोल्ड स्कुल ठेगाना राखिएको ठाउँमा नभएकोले अनुमति प्राप्त नभएको शिक्षा विभागले जनाएको छ।

अध्ययन गर्न समिति गठन

महानगरपालिकाले दरबन्दी मिलान तथा प्रधानाध्यापक नियुक्ति सम्बन्धमा यस अघि तयार पारिएका प्रतिवेदन, शिक्षा तथा स्वास्थ्य समितिको सिफारिससहित थप अध्ययन गर्न सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको छ।

समितिको सदस्यमा सहरी योजना आयोगको सचिवालयका प्रमुख नेत्रनारायण पौडेल र शिक्षा अधिकृत रामचन्द्र खड्का सदस्य छन्।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।