हामीसँग जोडिनुहोस

केयूले अन्तर्राष्ट्रिय सेमिनार आयोजना गर्दै

1 मिनेट

काठमाडौं,१३ वैशाख।

काठमाडौं विश्वविद्यालय केयूले ‘सञ्चारको साधारणीकरण ढाँचा निर्माणको दुई दशक’ विषयक अन्तर्राष्ट्रिय सेमिनार आयोजना गर्ने भएको छ।

केयूको कला सङ्काय अन्तर्गत भाषा तथा आमसञ्चार विभागले सह प्राध्यापक डा। निर्मलमणि अधिकारीद्वारा प्रतिपादित सञ्चारको साधारणीकरण ढाँचा निर्माणको दुई दशक पुरा भएको अवसरमा उक्त सेमिनार आयोजना गर्न लागेको हो।

भाषा तथा आमसञ्चार विभागले आगामी जेष्ठ १३ गते विश्वविद्यालयको हात्तिवनस्थित कला सङ्काय प्राङ्गणमा आयोजना हुने सेमिनारका लागि गोष्ठीपत्रको सारका लागि आव्हान गरिसकेको छ। सेमिनारमा आफ्नो अनुसन्धान पत्र प्रस्तुत गर्न चाहने अनुसन्धानदातारअध्यताले वैशाख ३ गतेभित्र गोष्ठीपत्रको सार एब्ट्याक बुझाई सक्नुपर्ने छ।

अनुसन्धान पत्र प्रस्तुत गर्न इच्छुक प्राध्यापक, अध्यापक, पीएचडी सोधार्थी, विद्यार्थी तथा स्वतन्त्र अनुसन्धानकर्ताहरूले विश्वविद्यालयले तय गरेको विविध विषयमा अनुसन्धान पत्रहरू पेश गर्न सक्ने विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अनुसन्धान पत्र प्रस्तुत गर्न चाहने अनुसन्धानकर्ता तथा अध्यताले सञ्चारको साधारणीकरण ढाँचा र सञ्चारका अन्य सिद्धान्तहरूरढाँचाहरू बीचको तुलनात्मक विश्लेषण, डिजिटल युगमा भरतमुनिको नाटयशास्त्रको सान्दर्भिकता, साधरणीकरण मिडिया विश्लेषण प्रविधि तथा संचारयोग लगायतमा अनुसन्धान पत्र प्रस्तुत गर्न सक्ने विश्वविद्यालयले जनाएको छ।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।