हामीसँग जोडिनुहोस

आईपीएल क्रिकेटमा आज कोलकोता र पञ्जाव खेल्दै

1 मिनेट

बैशाख १४, काठमाण्डौ ।

इण्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा आज कोलकोता नाइट राइडर्स र पञ्जाव किंग्सबीच खेल हुँदैछ । कोलकोताको इडेन गार्डेनमा हुने यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

जारी आईपीएलमा कोलकोता अहिलेसम्म ७ खेलमा ५ मा जित र २ मा हार बेहोरेर १० अङ्कसहित दोस्रो स्थानमा रहेको छ । अहिलेसम्म खेलेका ८ खेलमा २ खेलमा जित र ६ खेलमा हार बेहोरेको पञ्जाव नवौँ स्थानमा छ । कोलकोता श्रेयस अय्यरको कप्तानीमा रहेको छ ।

पञ्जाव किंग्सको कप्तानी शिखर धवनले गरिरहे पनि इन्जुरीका कारण पछिल्लो खेल खेलेका थिएनन् । उनको अनुपस्थितिमा पछिल्ला खेलहरुमा साम कुरानले पञ्जावको कप्तानी गरिरहेका छन् ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।