काठमाडौं,१४ वैशाख।
भक्तपुरमा आफ्नै घरको छतबाट लडेर एक जनाको मुत्यु भएको छ।
बिहीबार सूर्यविनायक नगरपालिका–४ हर्षचोकमा राति साढे ९ बजे सुवर्ण मानन्धर आफ्नै चार तले पक्की घरको छतबाट खस्दा उपचारको क्रममा राति ११ बजे मध्यपुर ठिमी अस्पतालमा मुत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ।