हामीसँग जोडिनुहोस

गाजामा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

1 मिनेट

बैशाख १५, एजेन्सी।

गाजामा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान गरेको छ । ‘सुरक्षा समन्वय तथा वार्ताका लागि’ मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डल इजरायलतर्फ प्रस्थान गरेको इजरायली सरकारनिकट स्रोतलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।

इजरायलका विभिन्न सञ्चारमाध्यमले इजिप्टको प्रतिनिधिमण्डलको भ्रमणअघि युद्धविराम र बन्धकमुक्त गर्ने नयाँ योजनाबारे छलफल भएको दाबी समेत गरेका छन् । दक्षिणी गाजाको रफाहमा हमास लडाकूविरुद्ध इजरायलले सैन्य कारवाहीको तयारी गरेका बेला मध्यस्थकर्ताको टोली वार्तामा जुट्दैछ ।

हमासका वरिष्ठ अधिकारी गाजी हमादले इजरायलले रफाहमा आफूले चाहेको कुरा हासिल गर्न नसक्ने बताउनुभएको छ । मुख्यगरी कतार, इजिप्ट र अमेरिकाले युद्धविराम र शान्ति वार्ताको मध्यस्थता गरेका छन् । तर गएको नोभेम्बरमा एक हप्ताका लागि युद्ध रोकिनुबाहेक त्यसपछि अहिलेसम्म कुनै सफलता प्राप्त हुन सकेको छैन । त्यसबेलमा इजरायली जेलमा रहेका २ सय ४० जना प्यालेस्टिनीको बदलामा ८० जना इजरायली बन्दीको आदानप्रदान भएको थियो ।

गएको अक्टोबर ७ तारिखमा हमास लडाकु समूहको आक्रमणपछि युद्ध शुरु भएको थियो ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।