हामीसँग जोडिनुहोस

इलाम २ मा शान्तिपूर्ण रूपमा मतदान सकियो, आजै रातिदेखि गन्ने तयारी

1 मिनेट

बैशाख १५,इलाम।

इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा सम्पन्न उपचुनावको मतदानमा झन्डै ५७ प्रतिशत मतदान भएको छ ।

आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म भएको मतदानमा झन्डै ६६ हजार अर्थात् ५७ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो । इलाम–२ मा मतदाताको सङ्ख्या एक लाख १५ हजार आठ सय ८९ रहेको छ ।

मतदानको समय सकिएसँगै अहिले मतपेटिका सङ्कलनको काम भइरहेको छ । मतपेटिका मतदान केन्द्रबाट सिधै इलाम नगरपालिका–७ मा रहेको गौतमबुद्ध सम्मेलन केन्द्रमा लगिनेछ । आजै रातिदेखी मतगणना शुरु गर्ने तयारी गरेको मुख्य निर्वाचन अधिकृत घिमिरेले बताउनुभयो ।

इलाम–२ बाट प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका छन् । इलाम–२ बाट प्रतिनिधि सभामा निर्वाचित सुवासचन्द्र नेम्वाङको निधन भएकाले त्यहाँ आज उपचुनाव भएको हो ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।