हामीसँग जोडिनुहोस

देशभर सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्था गाभिएर १०९ वटा कायम

1 मिनेट

बैशाख १६, काठमाडौं।

देशभर सञ्चालनमा रहेका कुल ३४७ बैंक तथा वित्तीय संस्था गाभिएर १०९ वटा संस्था कायम भएका छन्।

बैंक तथा वित्तीय संस्था गाभ्ने र गाभिने सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०८० फागुन मसान्तसम्म कुल ३४७ बैंक तथा वित्तीय संस्था एकआपसमा गाभिएका छन्।

आइतबारको गोरखापत्र दैनिकमा समाचार छ, बैंक तथा वित्तीय संस्थाहरूलाई गाभ्न र गाभिन प्रोत्साहन गर्ने नेपाल राष्ट्र बैंकको नीतिगत व्यवस्थालाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिइएको छ। एक वर्षको अवधिमा मर्जर तथा प्राप्ति प्रक्रियामा संलग्न भई वाणिज्य बैंकको सङ्ख्या २० कायम भएको छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने र गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०८० फागुन मसान्तसम्म कुल ३४७ बैंक तथा वित्तीय संस्था एकआपसमा गाभिएर १०९ वटा संस्था कायम भएका छन्। केही खारेज पनि भएका छन्।

समीक्षा अवधिमा वित्तीय पहुँच विस्तार भइरहेको राष्ट्र बैंकले जनाएको छ। २०८० फागुन मसान्तसम्म २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५५ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक गरी बैंक तथा वित्तीय संस्थाको कुल सङ्ख्या ११०छ।

चालु आवको फागुन मसान्तसम्म वाणिज्य बैंकका पाँच हजार ४१, विकास बैंकका एक हजार १३५, वित्त कम्पनीका २८८ र लघुवित्त वित्तीय संस्थाका पाँच हजार १३० गरी बैंक तथा वित्तीय संस्थाका कुल शाखा सङ्ख्या ११ हजार ५९४ पुगेको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।