हामीसँग जोडिनुहोस

देशभरका अशक्त र गरिब नागरिकको निशुल्क उपचार हुने मेयर बालेनको घोषणा

0 मिनेट

काठमाडौं,१६ वैशाख।

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशभरका अशक्त र गरिब नागरिकलाई काठमाण्डौ महानगरमार्फत निस्शुल्क उपचार हुने बताउनुभएको छ ।

मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीले आफ्नो पालिकाबाट विपन्न,असहायको सिफारिस लिएर काठमाण्डौ महानगर आउन अनुरोध गर्नुभएको हो ।

महानगर भित्रका ४३ अस्पतालमा तीन सय २३ शैया निस्शुल्क उपचारको लागि उपलब्ध रहेको जानकारी गराउँदै उहाँले बिरामीको आवश्यकताअनुसार निस्शुल्क उपचार हुने बताउनुभएको छ ।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।