हामीसँग जोडिनुहोस

बंगलादेशमा जारी अन्तर्राष्ट्रिय भलिबल यू–१९ प्रतियोगितामा नेपाल फाइनलमा प्रवेश

1 मिनेट

बंगलादेश, १६ बैशाख : मित्रराष्ट्र बंगलादेशको राजधानी ढाकामा जारी अन्तर्राष्ट्रिय भलिबल यू–१९ प्रतियोगितामा आयोजक बंगलादेश निलोलाई पछाडि पार्दै नेपाली टिम फाइनलमा प्रवेश गरेको छ ।

नेपाललाई पदक जिताउने लक्ष्यका साथ भक्तपुर जिल्ला खेलकुद विकास समितिका निवर्तमान् अध्यक्ष एवं टिम म्यानेजर दीपक थापाको नेतृत्वमा भक्तपुरबाट विदाई भई बंगदालेश गएको टिम आजको खेलमा फाइनल पुगेको हो ।

बंगलादेशमा आज भएको सेमीफाइनल खेलमा नेपाली टिमले बांगलादेश निलोलाई ३‐० को सेटमा २५–१६;२५–२१ र २५–२१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको टिम म्यानेजर दीपक थापाले जानकारी दिनुभयो ।

टिम म्यानेजर थापाका अनुसार यसअघि हिजो भएको खेलमा नेपालीले माल्दिभ्सलाई २३–२५;२५–१९, २५–१३ र २५–२१ को ३‐१ को सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो ।

भलिबल प्रतियोगितामा भाग लिन भक्तपुरबाट खेलाडीहरु सुरेश मल्ल, यज्ञराज जोशी, अविशेक थापा, पुष्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहोरा, इज्जत दनै, शसि पुलामी मगर र भुवन तामाङ्ग बंगलादेश प्रस्थान गरेका थिए ।

नेपालभरबाट छनोट भएकाले खेलाडीहरुलाई कुनैपनि सरकारी निकायको सहयोग नगरेपछि खेलाडीको मनोबल बढाउन र देशका लागि पदक जिताउन सहायता फाउण्डेसनका अध्यक्ष राजु ढुङ्गेल, विकास बस्नेत, व्यवसायी लक्ष्मण अवाल र थापा आफैले खेलाडीका लागि रकम जुटाएर बंगलादेश पठाएको थियो । प्रतियोगितामा सहभागि हुन टिम म्यानेजर थापासहित कोच उत्सव खड्का र सहायक कोच जनकबहादुर खड्का ढाका पुग्नु भएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।