हामीसँग जोडिनुहोस

सुहाङको विजय र्‍यालीमा सहभागी हुन एमालेका अध्यक्ष ओली इलाम जाँदै

1 मिनेट

काठमाडौं,१८ वैशाख।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने भएका छन्।

इलाम–२ को प्रतिनिधिसभामा विजयी उम्मेदवार सुहाङ नेम्वाङको विजय जुलुसमा सहभागी हुने ओली इलाम जाने भएका हुन्। ओली आज दिउँसो १ बजे इलाम पुग्ने उनको सचिवालयले जनाएको छ।

पार्टीको उम्मेदवार बनेका सुहाङको चुनावी सभामा समेत पटक–पटक सहभागी भएका थिए।

आज बिहान सकिएको मतगणनामा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतान्तरले पछि पार्दै एमालेका सुहाङ विजयी भएका छन्।

यसैबीच ओलीले सुहाङलाई बधाई दिँदै आफ्नो पार्टीले युवाहरूलाई अझ अगाडि बढाउँदै जाने प्रतिवद्धता जनाएका छन्। अध्यक्ष ओलीले खुसी हुँदै इलामेली मतदातालाई सुहाङलाई विजयी गराएको भन्दै धन्यवाद पनि दिए।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।